Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको सञ्चालकमा रचना अधिकारी नियुक्त

अर्थ संसार

विहीबार, ०१ माघ २०७७, १४ : ३० मा प्रकाशित

माउन्टेन इनर्जीको सञ्चालकमा रचना अधिकारी नियुक्त

माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीकाे पौष २७ गते आम्रपाली ब्याङक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनी, काठमाडौंमा सम्पन्न साधारण सभाले सर्वसाधारण सेशेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी सेयरधनी रचना अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।  

सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ ।
 
उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि बि.आर.पाण्डे एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । 

साथै सभाले अध्यक्ष तथा संचालकहरूलाई प्रति बैठक ५ हजार रूपैयाँ भत्ता उपलब्ध गराउने प्रस्ताव समेत पारित गरेको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको