Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको लाभांश कहिले पारित हुन्छ ?

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, ०७ : ४४ मा प्रकाशित

नेपाल एसबिआई बैंकको लाभांश कहिले पारित हुन्छ ?

अर्थ संसार, काठमाडौं - नेपाल एसबिआई बैंक लिमिटेडले सत्ताइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

बैंकको मङ्सिर १८ गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा पौष २८ गते, मंगलबार त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा बैंकको सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरूमाथि छलफल गरी पारित गरिनेछ ।

बैंककाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको