अर्थ संसार, काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको पौष ६ गते, सोमबार बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा पौष २९ गते, बुधबार न्यू अञ्जुली होटल धनकुटा-७ धनकुटामा दिनको ११ बजे सुरु हुनेछ ।
संस्थाले वार्षिक साधारण सभा प्रयोजनको लागि पौष १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १४ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्रा सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस