Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, के-के छन् प्रमुख एजेण्डा ?

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १६ : १९ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, के-के छन् प्रमुख एजेण्डा ?

अर्थ संसार, काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पौष ६ गते सोमबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष २७ गते सोमबार, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंबाट भिडियो कन्फरेन्सको माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीको संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर पारित गरिनेछ ।

यसका साथै, कम्पनीको सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष १७ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्दैछ । त्यसैले पौष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको