Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १७ : ४९ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

अर्थ संसार, काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले  अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

आर्थिक वर्ष २०७५/७६ को कमाईबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांशगरी कुल ५१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड पुग्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको