Like us!
Follow us!
Connect us!
Watch us!

खाद्य कम्पनीले चिनी नल्याउने

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १९ : ५२ मा प्रकाशित

खाद्य कम्पनीले चिनी नल्याउने

अर्थ संसार,काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो ।

चाडपर्व सकिएको र नेपाली चिनी उद्योगबाट नयाँ चिनी आउने समय भएकाले पुरानो प्रक्रिया रद्द गरिएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उहाँका अनुसार कम्पनीले आह्वान गरेको बोलपत्रमा आवेदन नै नपरेपछि प्रक्रिया रद्द गरिएको हो । 

सरकारले गत साउनमा ५० प्रतिशत भन्सार छुटमा दश हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो । सरकारको अनुमतिअनुसार कम्पनीले चिनी खरिदका लागि गत भदौ ४ गते ४५ दिनको समय राखेर बोलपत्र आह्वान गरेको थियो । पहिलो आवेदनमा कुनै निवेदन नपरेको जनाउँदै पुनः बोलपत्र आह्वान तयारी गरेकोमा चिनी ल्याउन नसकिने भन्दै प्रक्रिया रद्द गरिएको हो ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार मेट्रिक टन र खाद्य कम्पनीलाई १० हजार मेट्रिक टन गरी दुई संस्थानलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो । 

साल्ट कर्पोरेशनले दशैँ अगाडि नै ल्याएको २० हजार मेट्रिक टन चिनी बिक्री भइसकेको भन्दै नयाँ खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुमति मागेको छ ।  खाद्य कम्पनीले हाल साल्ट कर्पोरेशनबाट चिनी लगेर बिक्री गरिरहेको छ । चाडपर्वलाई ध्यानमा राख्दै गत असोज १५ गतेदेखि आगामी माघ २ गतेसम्म सञ्चालन हुने सुपथ मूल्यका पसलमा कर्पाेरेशनको चिनी बिक्री भइरहेको खाद्य कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको