Like us!
Follow us!
Connect us!
Watch us!

दसैंतिहार लक्षित गरी भारतबाट १९ हजार टन चिनी ल्याइँदै, उपभाेक्ताले १०७ रुपैयाँ ५० पैसामा पाउने

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, ०८ : ३५ मा प्रकाशित

दसैंतिहार लक्षित गरी भारतबाट १९ हजार टन चिनी ल्याइँदै, उपभाेक्ताले १०७ रुपैयाँ ५० पैसामा पाउने

सरकारले दसैंतिहार लक्षित गरी भारतबाट १९ हजार टन चिनी आगामी साता ल्याउँदैछ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट चिनी खरिद गर्न छनोट गरेका ७ निजी फर्मले उक्त परिमाणमा चिनी ल्याउन लागेका हुन्। 

भारतमा चिनी खरिद भइसेको छ।  

चिनी बजारमा आएपछि प्रतिकिलोग्राम १०७ रुपैयाँ ५० पैसामा बिक्री गरिने विभागका महानिर्देशक राजन पौडेलले बताए।  छनोट भएका व्यापारिक कम्पनीमार्फत चिनी खरिद भएपछि उपभोक्तालाई सहज हुने गरी बजारमा पठाइने जनाइएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको