Like us!
Follow us!
Connect us!
Watch us!

तिहार अघि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई चिनी बेच्ने

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १४ : ५६ मा प्रकाशित

तिहार अघि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई चिनी बेच्ने

तिहारलाई लक्षित गर्दै साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोराका दरले चिनी बेच्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ट्रेडिङमार्फत चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी किनेर वितरण गर्न लागेको हो । यसैगरी सुरक्षा निकायका विशेष अनुगमन टोलीले काठमाडौंका बिभिन्न स्थानमा अवैधरुपमा पठाइएका सयौं बोरा चिनी बरामद गरेको थियो । उक्त चिनी साल्ट ट्रेडिङले आफ्ना शाखा, खुद्रा बिक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गर्दा वितरण सहज नभए पछि खुद्रा बिक्रेतामार्फत नै बिक्री गर्न लागिएको हो ।

चिनीको मूल्य प्रतिकिलो एक सय १५ रुपैयाँ तोकिएको छ । उक्त मूल्यभन्दा बढीमा चिनी बिक्री गरिएको पाइए कारवाही हुने जनाइएको छ । खुद्रा व्यापारी तथा व्यवसायीहरुले साल्ट ट्रेडिङको कालिमाटी शाखाबाट सोमबारदेखि र  कोटेश्वर शाखाबाट मङ्गलबारदेखि चिनी खरिद गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको