Like us!
Follow us!
Connect us!
Watch us!

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध १ वर्ष लम्बियाे, मूल्य बढ्ने अनुमान

अर्थ संसार

आइतबार, १३ कार्तिक २०७९, १५ : २५ मा प्रकाशित

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध १ वर्ष लम्बियाे, मूल्य बढ्ने अनुमान

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्षका लागि लम्ब्याइएकाे छ । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध १ वर्षले लम्ब्याउँदै सन् २०२३ अक्टोबर ३१ सम्म पुर्याएको रोएटर्सले जनाएकाे छ ।

विश्वव्यापी खाद्यसंकटको अवस्था आउन सक्ने अनुमानबीच यसअघि भारतले आन्तरिक बजारमा मूल्य बढ्न सक्ने कारण देखाएर गत जुन १ देखि चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यही अक्टोबर अन्त्यसम्मका लागि तोकिएको निर्यात प्रतिबन्ध लम्ब्याएर अब सन् २०२३ को अक्टोबर अन्तिमसम्म पुर्याइएको हो ।

चिनी निर्यातकाे प्रतिबन्ध लम्बिँदा भारतबाट चिनी आयात गर्ने मुलुकहरुमा अभाव सिर्जना हुने र मूल्य बढ्न अनुमान गरिएको छ । ब्राजिलपछि विश्वमा सबैभन्दा बढी चिनी निर्यात गर्ने मुलुक भारत हो । नेपालको आन्तरिक उत्पादनले घरेलु माग धान्न नसक्ने भएकाले भारत, पाकिस्तानलगायत मुलुकबाट आयातित चिनीले धानिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको