अर्थ संसार,काठमांडौ– नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेकपाको केपी गुठलाइ साथ दिने भएका छन् ।
आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतीले प्रतिनिधीसभा भंग गरेपछि सत्तारुढ दल नेकपा औपचारिक फुट नजिक पुगिसकेको छ ।
ओली पक्ष र माधव–प्रचण्ड पक्षका नेताहरुले आ–आफुले अफ्नै पक्ष नै संस्थापक नेकपा भएको दाबी गरिरहदा नेताहरुको पनि कित्ताकाट चलिरेको छ । हालसम्म पनि कुनै गुटको औपचारिक बैठकमा सहभागी नभएका थापाले प्रधानमन्त्रीलाई नै साथ दिने भएका छन् ।
सोमबार थापा निकट नेताहरुले उनलाई भेटेर प्रधानमन्त्रीको कदम गैरसंबैधानिक भएकाले साथ दिन नसकिने भन्दै दबाव दिएका थिए । थापा निकट स्रोतका अनुसार अहिले सम्म पनि मन्त्री पदबाट राजिनामा नदिएकाले वहाँले कसलाई साथ दिने भन्ने प्रष्ट रहेका बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस