Like us!
Follow us!
Connect us!
Watch us!

पक्राउ परेका कमल थापासहित सबैको तत्काल रिहाइ नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने राप्रपाको चेतावनी

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, १९ : ५८ मा प्रकाशित

पक्राउ परेका कमल थापासहित सबैको तत्काल रिहाइ नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने राप्रपाको चेतावनी

राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतको तत्काल रिहा नगरिएमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

आइतबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना, संघीयताको खारेजी लगायतका माग राखी जेठ १५ गतेदेखि काठमाण्डौंमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा आज निषेधित क्षेत्र नतोकिएको स्थान नारायणचौर, नक्साल क्षेत्रमा भएको प्रशासनिक हस्तक्षेपप्रति भत्सर्ना गर्दै पक्राउ गरिएका नेता कार्यकर्ताको तत्काल रिहाईको माग गरेको छ ।

राप्रपाले प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद दिपक बहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताएका छन् ।

साथै राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद सिंह र गिरफ्तारमा परेका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दै गिरफ्तार भएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको