Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १६ : ०६ मा प्रकाशित

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

अर्थ संसार, काठमाडौँ - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झाैतापत्रमा आज एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुवै संस्थाहरू नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरू हुन् ।   

दुई संस्था बिच गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा श्रावण ३२ गते हस्ताक्षर भई कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भई आज पौष १० गते गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम सम्झाैता भएको हो । उक्त सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोशीले हस्ताक्षर गरेका हुन् ।

मर्जरसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको