Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेशी लघुवित्तले बोलायो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १४ : २६ मा प्रकाशित

स्वदेशी लघुवित्तले बोलायो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार, काठमाडौं - स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारणसभा आह्वान गरेको छ  । संस्थाको पौष १० गते बसेको सन्हालाका समितिको निर्णयानुसार उक्त सभा माग ४ गते , आइतबार होटल पाथिभाराको सभाहल,  इटहरी-९, सुनसरीमा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७६/७७ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि तोकिनेछ ।

सभामा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको