Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड फाईनान्सले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, ०८ : २९ मा प्रकाशित

युनाइटेड फाईनान्सले डाक्यो वार्षिक सभा, के-के छन् पारित हुने एजेण्डा ?

युनाइटेड फाईनान्स लिमिटेडले २६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पौष ७ गते बसेको संच्लाका समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा पौष २९ गते संस्थाको केन्द्रीय कार्यालय, आई.जे. प्लाजा, दरवारमार्ग काठमाडौं बिहान ११:३० बजे सुरु हुँदैछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/७७ को नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु लगायत वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको