भारतले झण्डै तिन महिना पछि नेपाल लगायत अन्य मुलुकमा प्याज निर्यातमा लगायको प्रतिबन्ध हटाएको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तरगतको बाह्य व्यापार बिभागले सोमबार एक सुचना जारी गर्दै सन् २०२१ को जनवरी १ बाट लागुहुने गरी निर्यातमा लगाइएको प्रतिबन्ध हटाइएको जनाएको छ ।
नेपालमा खपत हुने प्याजको ९८ प्रतिशत प्याज भारतबाट नै आयात हुने गर्दछ । भारतले लगाएको प्रतिबन्ध संगै नेपाली बजारमा प्याजको भाउ आकासिएको थियो । अब प्रतिबन्ध खुलाएसंगै नेपाली बजारमा प्याजको मूल्य घट्ने अपेक्षा गरियको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस