Like us!
Follow us!
Connect us!
Watch us!

२७ मध्ये ६ वटा वाणिज्य बैंकको लाभांश पारित, कुन कति ?

अर्थ संसार

बुधबार, १५ पुस २०७७, १४ : ३८ मा प्रकाशित

२७ मध्ये ६ वटा वाणिज्य बैंकको लाभांश पारित, कुन कति ?

२७ वटा वाणिज्य बैंकहरुमध्ये  विभिन्न ६ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०६७/७७ काे वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । यी बैंकहरुले साधारणसभासँगै ६ वटा वाणिज्य बैंकहरुको लाभांश पारित भएको छ । माछापुछ्रे बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड एनआइसी एशिया बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड,  बैंक अफ काठमान्डू र सानिमा बैंक लिमिटेडको लाभांश साधारणसभाबाट पारित भएको हो ।

माछापुछ्रे बैंक लिमिटेड 

बैंकको ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश गरी कुल १०.४० प्रतिशत लाभांश पुस २ गतेको २२औंं वार्षिक साधारण सभाले पारित गरेको हो ।

कुमारी बैंक लिमिटेड


बैंकको १० प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १३.१५ प्रतिशत लाभांश मंसिर २९ गतेको २०औं वार्षिक साधारण सभाले पारित गरेको हो ।

एनआइसी एशिया बैंक

बैंकको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल २० प्रतिशत लाभांश मंसिर २१ गतेको  २३औं वार्षिक साधारणसभाले पारित गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड


बैंककाे ८ प्रतिशतका दरले हुन आउने बोनस सेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत)  गरी कुल ११ प्रतिशत लाभांश चौधौं वार्षिक साधारण सभाले पारित गरेको हो  ।

बैंक अफ काठमान्डू लिमिटेड

बैंककाे  संचालक समितिले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र  ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत)  गरी कुल १६ प्रतिशत वितरण गर्ने  २६औं वार्षिक साधारण सभाले पारित गरेको छ ।

सानिमा बैंक लिमिटेड

बैंककाे  १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश  १६औंं वार्षिक साधारण सभाले पारित गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको