Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुको खराब कर्जा ५ प्रतिशत भन्दा बढी, ६ वटाको ६ प्रतिशत बढी हुँदा कुनको अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, १४ : २५ मा प्रकाशित

वाणिज्य बैंकहरुको खराब कर्जा ५ प्रतिशत भन्दा बढी, ६ वटाको ६ प्रतिशत बढी हुँदा कुनको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको औषत खराब कर्जा ५ प्रतिशत भन्दा माथि पुगेको छ । २० वटा वाणिज्य बैंकहरुको खराब कर्जा चैत मसान्तसम्मको अवधिमा ४.२५ प्रतिशत पुगेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४२ प्रतिशतले बढी हो । 

वाणिज्य बैंकहरुको खराब कर्जा गत आर्थिक वर्षको सोही अवधिमा औषतामा ४.८२ प्रतिशत रहेको थियो । यो अवधिमा १० वाणिज्य बैंकको खराब कर्जा घटेको छ भने १० वटैको बढेको देखिएको छ । समिक्षा अवधिमा ६ वटा बाणिज्य बैंकको खराब कर्जा ६ प्रतिशत भन्दा माथि रहेको छ । केही बैंकको त ८ प्रतिशत भन्दा पनि माथि पुगेको छ । त्यस्तै यो अवधिमा ९ बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि रहेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा चालु सोहि अवधिमा खराब कर्जा एभरेष्ट बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकले घटाउन सफल भएका छन् । अन्य सबै बैंकको बढेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा सर्वाधिक खराब कर्जा हुनेमा एनआईसी एशिया बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको खराब कर्जा ३.१० प्रतिशतले बढेर ८.८५ प्रतिशत पुगेको हो । त्यस्तै, प्रभु बैंकको खराब कर्जा ३.७५ प्रतिशतले बढेर ८.८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २.३५ प्रतिशतले बढेर ८.४१ प्रतिशत र हिमालयन बैंकको ०.३० प्रतिशतले बढेर ७.९८ प्रतिशत पुगेको हो ।

त्यस्तै कुमारी बैंकको ६.९४ प्रतिशत, सिटिजन्स बैंकको ६.८२ प्रतिशत, प्राइम बैंकको ६.३९ प्रतिशत रहेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकको ५.२९ प्रतिशत र कृषि विकास बैंकको ५.०६ प्रतिशत रहेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको ४.९४ प्रतिशत, नेपाल बैंकको ४.९६ प्रतिशत, एनएमबी बैंकको ४.९५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.४८ प्रतिशत पुगेको छ । 

सबैभन्दा कम खराब कर्जा हुनेमा एभरेष्ट बैंक रहेको छ । बैंकको खराब कर्जा ०.०३ प्रतिशतले घटेर ०.६१ प्रतिशत पुगेको हो । साथै, स्टान्र्डड चार्टड बैंकको १.८१ प्रतिशत, नेपाल एसबिआई बैंकको २.५३ प्रतिशत, सिद्धार्थ बैंकको ३.७१ प्रतिशत, सानिमा बैंकको ३.९९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.०१ प्रतिशत, नबिल बैंकको ४.३७ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको