Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्टच्वाइसको 'स्मार्ट क्युआर' सञ्चालनमा

अर्थ संसार

बुधबार, १५ पुस २०७७, १६ : ४५ मा प्रकाशित

स्मार्टच्वाइसको 'स्मार्ट क्युआर' सञ्चालनमा

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले 'स्मार्ट क्युआर' सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहजर एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । 

नेपाल राष्ट्र बैंकको नगदरहित कारोवार प्रणालीको प्रवद्र्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोवार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्व स्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको बताइएको छ । मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याईएको हो । परम्परागत प्रणालीलाई स्तरोन्नती गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने यस कम्पनीको मुख्य लक्ष्य रहेकोछ ।
 
स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । विशेषतः यसक्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फममा आवद्ध भएका बैंक तथावित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभीको स्टान्डर्ड स्टाटिक वा डायनामिक क्युआर कोड जेनेरेट गरी स्वदेशीतथा बिदेशी क्युआरसी पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकिकृत कारोवार गराउन सकिने ब्यबस्था गरिएको छ ।

स्र्माट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्र्तराष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हँुदा यसको वृहत्त र पहँुच रहेको छ । साथै युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि स्र्माट क्युआरको माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् । 

आगामी दिनमायस प्रकारको सेवाप्रदान गर्ने स्वदेशी तथा बिदेशी संस्थाहरुको अधिक संलग्नता गराँउदै यसको पहँुचलाई अझै बिस्तार गर्दै लैजाने कम्पनीको  लक्ष्य रहेको छ ।

ग्राहक बर्ग र व्यापारी दुबैलाई सजिलो 
विभिन्न Mobile Wallet प्रयोग गर्ने ग्राहकहरुले क्ःब्च्त् त्तच् को एउटै SMART QR गरी भुक्तानी गर्न सक्नेछन् भने व्यापारीले एउटा QR payment Terminal Scan राखेर विभिन्न  Wallet प्रयोगकर्ताको भुक्तानी स्वीकार गरी एकिकृत कारोबार गर्न सक्नेछन् । व्यापारीहरुको थप सुबिधाको लागि SMART QR ले QR Payment Terminal को  SMART QR “SMART QR Merchant” Mobile App Google मा उपलब्ध गराएको छ । यस App मार्फत व्यापारीले सजिलैसँग सबै कारोबारको बिवरण एकै ठाँउमा हेर्न र Manage गर्न सक्नेछन् । साथै, व्यापारीले प्राप्त गर्ने रकमलाई यसै appमार्फत सिधै बैंकमा जम्मा गर्न सक्नेछन् । 

स्मार्ट क्युआर प्रयोगकर्तालाई छुट अफर 
स्मार्टच्वाइस टेक्नोलोजिजले आफ्नो नयाँ प्रडक्ट स्मार्ट क्युआरको शुरुवातका अवसरमा प्रयोग कर्ताका लागि बिभिन्न मल, Department Store रेष्टुरेण्टहरुमा १५ प्रतिशत सम्मको छुट अफर सार्वजनिक गरेको छ । यो अफर अन्र्तगत Wallet प्रयोगकर्ताले Salesberry, DailyGrocery, NEWmart जस्ता Online Store बाट १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यसका काठमाडौं उपत्यका भित्रका ५० भन्दा बढी   Restaurant मा समेत  Wallet प्रयोगकर्तालाई १० प्रतिशत छुट पाउने सुबिधा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको