Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओले कति पायो रेटिङ ?

अर्थ संसार

विहीबार, १६ पुस २०७७, १२ : ४८ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओले कति पायो रेटिङ ?

इक्रा नेपाल लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गर्न लागेकाे साधारण सेयर (आइपिओ) रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आइपिओलाई इन्क्राले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको हो । यस रेटिङले कम्पनी समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेकाे मानिनेछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्काशन गर्दैछ । बैंकले निष्कासन तथा बिक्री खुल्ला गर्नका लागेको उक्त आइपिओ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस १० गते, शुक्रबार अनुमति पाइसकेकाे छ । 

कम्पनीकाे उक्त साधारण सेशेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको