Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न मेघा बैंकले बोलायो वार्षिक सभा

अर्थ संसार

आइतबार, १९ पुस २०७७, ०८ : ०३ मा प्रकाशित

लाभांश पारित गर्न मेघा बैंकले बोलायो वार्षिक सभा

मेघा बैंक लिमिटेडले दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैकको पौष ७ गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा पौष २९ गते, बुधबार बैंकको केन्द्रीय कार्यालय भवन, कमलादी, काठमाडौंमा बिहान ११:३० बजे सुरु हुनेछ ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम ३.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी कुल १३.०५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायत वित्तीय विवरणहरुमाथि छलफल गरि पारित गरिनेछ भने लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेन्डाहरुमाथि छलफल गरी पारित गरिनेछ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पौष १७ गते शुक्रबार बुक्लोज गरेको थियो । त्यसैले पौष १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् : 

5ff12b34dc4dc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको