Like us!
Follow us!
Connect us!
Watch us!

आईसीएफसी फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

आइतबार, १९ पुस २०७७, ०८ : ३३ मा प्रकाशित

आईसीएफसी फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

आईसीएफसी फाइनान्स लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीकाे १०.५० प्रतिशत बाेनस सेयर पछि प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

फाइनान्सकाे संचालक समितिको बैठकले २०७६/७७ काे मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको