Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको लाभांश कहिले पारित हुन्छ ?

अर्थ संसार

सोमबार, २० पुस २०७७, ०८ : ०३ मा प्रकाशित

साधना लघुवित्तको लाभांश कहिले पारित हुन्छ ?

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चौंथो  वार्षिक साधारणसभा आह्वान गरेको छ  । कम्पनीको पौष ७ गते बसेको संचालक समितिको बैठकले पौष २९ गते बुधबार होटल गोरखा बिसौनी, गोरखा न.पा-६, गोरखामा बिहान ११:४५ बजे सुरु हुनेछ  ।

सभामा वार्षिक साधारण सभा समक्ष संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७५/७५ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा-नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ  । 

त्यसैगरी, संचालक समितिले प्रस्ताव गरे बमोजिम हालस कायम चुक्ता पूँजीको ०.९४७३६८ प्रतिशतका दरले नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि कर समेत) र १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत पनि गरिनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको