Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निष्कासन गर्न एनएमबि बैंक सेबोनको ढोकामा

अर्थ संसार

सोमबार, २० पुस २०७७, १४ : ०१ मा प्रकाशित

ऋणपत्र निष्कासन गर्न एनएमबि बैंक सेबोनको ढोकामा

एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । बैंकले पाैष ८ गते बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

बैंकले १५ वर्ष अवधिको लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘४ प्रतिशत, १५ वर्ष एनएमबि उर्जा ऋणपत्र २०९२/९३’ नाम गरेकाे १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको