Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गुहेश्वरी मर्चेन्टको सेयरमूल्य समायोजन

अर्थ संसार

मंगलबार, २१ पुस २०७७, ०९ : ०३ मा प्रकाशित

नेप्सेमा गुहेश्वरी मर्चेन्टको सेयरमूल्य समायोजन

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले फाइनान्सकाे ८ प्रतिशत बाेनस सेयर पछि प्रतिकित्ता १९३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य २०८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

फाइनान्सकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ३.४० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ११.४० प्रतिशत लाभांश वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको