Like us!
Follow us!
Connect us!
Watch us!

सिआस्वा शुल्कमा स्ट्यान्डर्ड बैंकको लुटतन्त्र, कुन बैंकले कति शुल्क लिन्छन् ?

अर्थ संसार

विहीबार, २३ पुस २०७७, ०९ : ३८ मा प्रकाशित

सिआस्वा शुल्कमा स्ट्यान्डर्ड बैंकको लुटतन्त्र, कुन बैंकले कति शुल्क लिन्छन् ?

लगानीकर्ताहरुले बैंक मार्फत सेयरको आवेदन गर्दा अधिकांश बैंकहरुले निशुल्क सेवा दिइरहदा कतिपय बैंकहरुले भने ग्राहकलाइ लुटिरहेकाे पाइएकाे छ । आर्थिक बर्ष २०७७/७८ सम्म नेपाल धितोपत्र बोर्डबाट जम्मा ५२ वटा बैंक तथा वित्तिय संस्थाहरुले सिआस्वा अनुमति पाएका छन् ।

जस मध्यमा एनएमबी बैंक र कन्चन विकास बैंक मर्ज भएका छन् । लगानीकर्ताहरुबाट सिआस्वा वापत सबैभन्दा चर्को सेवा शुल्क असुल्ने बैंकमा स्ट्यान्डर्ड चाटर्ड बैंक रहेको छ । बैंकले ग्राहकबाट एक पटक सेयर आवेदन गर्दा १०० रुपैयाँ शुल्क लिने गरेकोे छ । सबैभन्दा कम शुल्क भने प्रभु बैंकले लिने गरेको छ । बैंकले एक पटक सेयर आवेदन गर्दा १ रुपैयाँ मात्र शुल्क लिने गरेको छ । 

ग्राहकबाट सिआस्वा बापत शुल्क लिने वित्तीय संस्थाहरूः कसकाे कति ?

स्रोत :सम्बन्धित बैंक

निशुल्क सिआस्वा सेवा प्रदान गर्ने बित्तीय संस्थाहरू

१.बैंक अफ काठमाडौं
२.सानिमा बैंक
३.सेन्चुरी कमर्सियल बैंक
४.ग्लोबल आइएमई बैंक
५.हिमालयन बैंक
६.मेगा बैंक
७.नबिल बैंक
८.नेपाल बंगलादेश बैंक
९.एनसीसी बैंक
१०.एनआईसी एसिया बैंक
११.प्राइम कमर्सियल बैंक
१२.सिद्धार्थ बैंक
१३.लुम्बिनी विकास बैंक
१४.सिन्धु विकास बैंक
१५.कामना सेवा विकास बैंक
१६.गरिमा विकास बैंक
१७.प्रोग्रेसिभ फाइनान्स
१८.साइन रेसुङ्गा विकास बैंक
१९.सेन्ट्रल फाइनान्स
२०.ज्योती विकास बैंक
२१.मन्जुश्री फाइनान्स
२२.सप्तकोसी विकास बैंक                                                                                       

२३. राष्ट्रिय वाणिज्य बैंक


बैंक तथा बित्तिय संस्थाहरुको मनपरी सेवाशुल्कका बारेमा के भन्छ राष्ट्र बैंक ?

अर्थ संसारले बिभिन्न बैंकहरुले ग्राहकबाट सिएसबा वापत लिइरहेको सेवा शुल्कमा बारेमा नेपाल राष्ट्र बैंकका सह प्रवत्ता नारायण प्रसाद पोख्रेल संग कुरा गरेको छ ।

पोख्रेलका अनुसार विभिन्न बैंक तथा बित्तिय संस्थाहरुले ऋण सेवा प्रदान गर्दा लिने सेवा शुल्कलाई राष्ट बैंकले कडाइका साथ नियन्त्रण र नियमन गरेको छ तर बैंकहरुले बिभिन्न शिर्षकमा लिने सेवा शुल्कहरुलाई भने सके सम्म न्युनतम शुल्कमा सेवा दिन र्निदेशन गरेको भएता पनि कुनै निश्चित अंक तोकेर त्यति मै सेवा दिन र्निदेशन गरिएको स्पष्ट पारे ।

उनका अनुसार अहिलेको प्रतिस्पर्धात्मक अवस्थामा बैंक तथा बित्तिय संस्थाहरु आफैले सकेसक्म न्युनतम शुल्कमा सेवा प्रदान गर्न सके त्यो स्वयम बैंकहरु कै लागि पनि फलदायी हुने बताए । सबै अवस्थामा राष्ट्र बैंकले बैंकहरुले लिने सेवा शुल्कमा हस्तक्षेप गर्न नमिल्ने भएतापनी परस्थिती अनुसार भने कुनै सेवा शुल्कमा भने कडाइ गर्न सकिन्छ ।

कोभिडको समयमा नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटिएमबाट पनि रकम निकाल्दा कुनै शुल्क नलाग्ने व्यबस्था गरेर जनतालाइ सहज बनाएको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको