Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले  तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने सम्झौतापत्रमा हस्ताक्षर

अर्थ संसार

बुधबार, २२ पुस २०७७, १७ : १६ मा प्रकाशित

सिटिजन्स बैंकले  तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने  सम्झौतापत्रमा हस्ताक्षर


सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले  तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा आज बुधबार हस्ताक्षर भएको छ । अब राष्ट्र बैंकको स्वीकृति पछि दुबै बित्तिय संस्थाहरुको संयुक्त कारोबार हुने बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधानकार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्तिगर्ने गरी आज उक्त बैंकसंग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । 
आज मिति २०७७ साल पौष २२ गते यस बैंकको मुख्यकार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर प्राप्ति समितिका संयोजक श्री प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जरप्राप्ति समितिका संयोजक श्री राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो । दुवै बैंकले आ—आफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरुगरिने छ। दुवै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थियो ।

२०७७ सालपौष २२ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०२ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ । । सहमति अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्तापूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली पूर्ति गरिरहेको छ । यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ् एपमा लग–ईन गरेर काउन्टर मा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan And Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदनदिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।व्यवसायिक ज्ञानको कमि, वित्तीयबजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको  अपर्याप्तता,उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीलेलगानीयोग्य पुंजी सदुपयोग हुननसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाहगर्दै आएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको