Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सनराइज क्यापिटलले बोलायो वार्षिक सभा

अर्थ संसार

विहीबार, २३ पुस २०७७, ०७ : ५९ मा प्रकाशित

लाभांश पारित गर्न सनराइज क्यापिटलले बोलायो वार्षिक सभा

सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटलले वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको पौष १६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको दशौँ वार्षिक साधारणसभा माघ १६ गते सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।  

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ । 

त्यसैगरी, संचालक समितिबाट सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको