Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फोकस्ड इक्विटी फण्डमा लगानी गर्ने आज अन्तिम माैका

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, १० : ५२ मा प्रकाशित

सनराइज फोकस्ड इक्विटी फण्डमा लगानी गर्ने आज अन्तिम माैका

सनराइज क्यापिटल लिमिटेडले माघ १० गतेदेखि निष्कासन गरेकाे 'सनराइज फोकस्ड इक्विटी फण्ड' नामक म्युचुअल फण्डमा आवेदन दिने आज माघ २४ गते, मंगलबार अन्तिम दिन रहेकाे छ । याे बन्दमुखी याेजना हाे । यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिबाट १० वर्षसम्म रहनेछ । 

क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्धक सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत इकाई याेजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको