Like us!
Follow us!
Connect us!
Watch us!

'सानिमा लार्ज क्याप फण्ड' को माघ ९ गतेबाट  आवेदन खुल्ने

अर्थ संसार

सोमबार, २७ पुस २०७७, १२ : १३ मा प्रकाशित

'सानिमा लार्ज क्याप फण्ड' को माघ ९ गतेबाट  आवेदन खुल्ने

सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फण्ड’ माघ ९ गतेबाट निष्कासन तथा बिक्री खुल्ला हुने भएको छ।

 फण्डले प्रतिइकाइ मूल्य रु. १० दरका १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखेको छ भने बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि गर्नेछ ।

लगानीकर्ताले यो योजनामा न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।  यस योजनाको निष्कासन बन्द छिटोमा माघ १३ गते र ढिलोमा माघ २६ गते बैंकिङ समयपछि हुनेछ।

यो म्युचुअल फन्डलाई गत पुस १४ गते नेपाल धितोपत्र बोर्डले निष्कासन गर्न अनुमति दिएको थियो।

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। 

उक्त फण्डको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटलले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको