Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो  भ्वाइस अफ नेपाल सिजन ३ को सह प्रायोजक

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, १४ : ५६ मा प्रकाशित

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो  भ्वाइस अफ नेपाल सिजन ३ को सह प्रायोजक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता  कार्यक्रम  भ्वाइस अफ नेपाल –सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ । 

सो कार्यक्रम हिमालय एच् डी टिभी बाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ । काठमाडौं स्थित र्याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले  भ्वाइस अफ नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रमसँग आबद्ध हुन पाउदा खुशी लागेको बताए 

उनले  सिटी एक्सप्रेसले जसरी देश बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ त्यसरी नै  भ्वाइस अफ नेपालले पनि देश बिदेशमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुबाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेकोमा खुशी व्यक्त गरे  । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको