Like us!
Follow us!
Connect us!
Watch us!

यी २ कम्पनीको वार्षिकसभा हुँदै, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, ०७ : ०९ मा प्रकाशित

यी २ कम्पनीको वार्षिकसभा हुँदै, यस्ता छन् पारित हुने एजेण्डा

आज (माघ ४ गते आइतबार) यी २ कम्पनीको वार्षिक साधारणसभा हुँदैछ ।एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आइतबार हुन लागेको हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थाको पुस १० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा माघ ४ गते आइतबार, होटल र्याडिसनको सभा कक्ष, भेरी ४, जाजरकोटमा बिहान ९ बजेबाट सुरू हुनेछ । 

सभामा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिकाे तर्फबाट प्रस्तुत हुने प्रतिवेदन छलफल गरि पारित गर्ने विशेष प्रस्ताव रहेकाे छ । 

स्वदेशी लघुवित्त वित्तीय संस्था
संस्थाको पौष १० गते बसेको सन्हालाका समितिको निर्णयानुसार उक्त सभा माग ४ गते , आइतबार होटल पाथिभाराको सभाहल,  इटहरी-९, सुनसरीमा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 

त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७६/७७ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि तोकिनेछ ।

सभामा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको