Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युतले धमाधम लाभांश हितग्राही खातामा पठाउँदै, तपाईकोमा आएन ? यसो गर्नुहोस्

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, ०७ : ५१ मा प्रकाशित

चिलिमे जलविद्युतले धमाधम लाभांश हितग्राही खातामा पठाउँदै, तपाईकोमा आएन ? यसो गर्नुहोस्

चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफा आफ्ना सेयरधनीहरुको हितग्राही खातामा धमाधम जम्मा गर्न थालेको छ ।

कम्पनीको पौष १२ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर (कर प्रयोजन सहित) आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा पौष १६ गतेदेखि नै जम्मा गराउन थालेको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकिकरण नगराएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकिकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको