Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे जलविद्युतको लाभांश वितरण

अर्थ संसार

सोमबार, १२ माघ २०८२, १० : ३० मा प्रकाशित

चिलिमे जलविद्युतको लाभांश वितरण

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस ३० गते सम्पन्न आफ्नो २९औं वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश वितरण सुरु गरेको छ।

सभाले गत आर्थिक वर्षका लागि कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो नगद लाभांश माघ ६ गतेदेखि सेयरधनीको डिम्याट खातामा उल्लेखित बैंक खातामा पठाउन थालिएको कम्पनीले जनाएको छ।

यसका साथै सभाले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। उक्त बोनस सेयर भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा सूचीकृत भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको