Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज क्यापिटलको लाभांश कहिले पारित हुन्छ ?

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, ०७ : १० मा प्रकाशित

सनराइज क्यापिटलको लाभांश कहिले पारित हुन्छ ?

सनराइज क्यापिटल लिमिटेडले दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको पौष १६ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा माघ १६ गते सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 
त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७६/७७ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि तोकिनेछ ।

त्यसैगरी, संचालक समितिबाट सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60039f714b55f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको