सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौष २९ गते बुधबार बसेको संचालक समितिको  बैठकले गरेको निर्णयानुसार उक्त सभा फागुन २ गते आइतबार आम्रपाली व्याङ्क्वेट, नक्साल काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।
सभामा अध्यक्षको मन्तव्यसहित संचालक समितिको आर्थिक वर्ष २०७५/७६को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा-नोक्सान हिसाब, तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।
 
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस