Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य निरन्तर उकालो यात्रामा, कति पुग्यो ?

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, ११ : १२ मा प्रकाशित

सुनको मूल्य निरन्तर उकालो यात्रामा, कति पुग्यो ?

आज (बिहिबार) पनि नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।

बुधबार छापावाला सुन  ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको