Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार आजबाट

अर्थ संसार

आइतबार, ११ माघ २०७७, ०७ : ३४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार आजबाट

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको आज एकीकृत कारोबार (माघ ११ गते आइतबार)देखि  सुरु हुँदैछ  ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न मंसिर १९ गते, आइतबार अन्तिम स्वीकृति प्रदान गरेको थियाे । दुवै कम्पनीकाे असाेज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पाैष ३ गते स्वीकृती प्रदान गरिसकेकाे छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० कित्ताको अनुपातमा गाभ्न थालेकाे हाे । यसकाे मतलव सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउनेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

600cd2bbe90c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको