Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने

अर्थ संसार

आइतबार, ११ माघ २०७७, ०७ : ५५ मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा फागुन ३ गते सोमबार होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

कम्पनीले सभामा सर्वसाधारण सेयर (आइपिओ) निष्काशन बारे पनि छलफल गरिनेछ  ।

सभामा संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरिनेछ ।

त्यसैगरी, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७६ साल आषाढ मसान्तको वासलात, सोहि अवधिको नगद प्रवाह स्वीकृत गरिनुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि तोकिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको