Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको नाफा ५२ प्रतिशत बढ्यो, अन्य सूचक के भए ?

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, ०८ : ५० मा प्रकाशित

नेपाल बंगलादेश बैंकको नाफा ५२ प्रतिशत बढ्यो, अन्य सूचक के भए ?

नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार बैंकको नाफा १६.५२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ९४ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा भने घटेको छ । बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ८ प्रतिशतले थाेरै हाे । 

त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १८.८९ प्रतिशतले धेरै हाे । 

दोस्रो त्रैमाससम्ममा बैंकले ७० अर्ब ९ करोड निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षभन्दा सामान्य वृद्धि हो ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५० पैसा रहेकाे छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :- 

600f88c2047b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको