Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको आइपिओको 'प्रि अलोटमेन्ट' आज हुँदै, बाँडफाँड कहिले ?

अर्थ संसार

बुधबार, १४ माघ २०७७, १४ : ४१ मा प्रकाशित

निफ्राको आइपिओको 'प्रि अलोटमेन्ट' आज हुँदै, बाँडफाँड कहिले ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आइपीओ) काे प्रि अलोटमेन्ट आज हुँदैछ । निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार आज दोस्रो हाफमा प्रि अलोटमेन्ट हुन लागेकाे हो । प्रि अलोटमेन्टबाट कति जना आवेदकले कति कित्ता सेयर हात पार्नेछन्, कति वटा आवेदन रद्द भएका छन्, कति वटा आवेदन सेयर पाउन याेग्य छन् भन्ने कुरा थाहा हुन्छ । आज 'प्रि अलोटमेन्ट' सम्पन्न भएपछि शुक्रबार बाँडफाँड हुनेछ ।

बैंककाे आइपीओमा १५ लाख २९ हजार ४ सय ६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बरारबकाे १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका थिए । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा २.४९ गुणा बढी आवेदन हो । नेपालमा १५ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो ।

बैंककाे आइपीओमा माग भन्दा बढी आवेदन परेकाे हुनाले सबैजनाले माग गरे अनुसार पाउँदैनन् । तर आवेदन गर्ने सबै जनाले करिब ५० कित्ता सेयर पाउने भने पक्का रहेकाे छ । ५० कित्तासम्म माग गर्नेहरूले मागे अनुसार नै सेयर हात पार्ने देखिन्छ भने ५० कित्ता भन्दा धेरै माग गर्नेहरूले कति कित्ता हात पार्नेछन् भन्ने कुरा यकिन भइसकेकाे छैन । आज प्रि अलोटमेन्ट पश्चात थाहा हुनेछ ।

बैंकले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको