Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको नाफामा गिरावट, यस्तो छ दोस्रो त्रैमाससम्मको विवरण

अर्थ संसार

विहीबार, १५ माघ २०७७, ०८ : ५२ मा प्रकाशित

नबिल बैंकको नाफामा गिरावट,  यस्तो छ दोस्रो त्रैमाससम्मको  विवरण

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । 

बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.२६ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। 

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार दोस्रो त्रैमासम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ३ अर्ब १२ करोड रुपैयाँमा झरेको छ।  
बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

60122b479e720.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको