Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा व्यापक गिरावट

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १२ : ०० मा प्रकाशित

हिमालयन बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा व्यापक गिरावट

हिमालय बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास रिपोर्ट आज सार्वजनिक गरेको छ । बैंकको जारी रिपोर्ट अनुसार बैंकको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १ अर्बले घटेको छ ।

बैंकले अघिल्लो आर्थिक बर्षको यहि अवधीमा १ अर्ब ७४ करोड रुपैयाँ खुद मुनाफा हासिल गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकको  खुद मुनाफ १ अर्ब भन्दा बढिले घटेर ६५ करोड ३२ लाख रुपैयाँमा समेटिएको छ।

दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको यो शिर्षकको आम्दानी २ अर्ब ५७ करोड रहेको थियो । त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि २४ करोड ५१ लाख रुपैयाँले घटेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँमा समेटिएको छ।

बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर १ खर्ब २९ अर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी १ खर्ब १ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

गत वर्ष पुस मसान्त सम्ममा १.२८ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले बढेर २.१३ प्रतिशत पुगेको छ ।

चुक्ता पूँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ४०.९० रुपैयाँ बाट घटेर १२.२३ रुपैयामा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको