Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको खराब कर्जा घट्यो,वितरण योग्य मुनाफा कति ?

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १३ : १७ मा प्रकाशित

लक्ष्मी बैंकको खराब कर्जा घट्यो,वितरण योग्य मुनाफा कति ?

लक्ष्मी बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास रिपोर्ट आज सार्वजनिक गरेको छ ।जारी रिपोर्ट अनुसार बैंकको वितरयोग्य मुनाफा ५० करोड ४६ लाख रहेको छ ।

रिपोर्ट अनुसार बैंकले दोस्रो त्रैमाससम्ममा ८० करोड ७१ लाख रुपैयाँ मुनाफा कमाएको छ ।बैंकले अघिल्लो आर्थिक बर्षको यहि अवधीमा ९० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो बर्षको तुलनामा यो बर्ष बैंकको आम्दानी १०.६२ प्रतिशतले घटेको हो । 

दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको यो शिर्षकको आम्दानी १ अर्ब ७४ करोड रहेको थियो । त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि १ अर्ब २९ करोड रुपैयाँ बाट घटेर  १ अर्ब १३ करोड रुपैयाँमा समेटिएको छ।

बैंकको निक्षेप संकलन ९८ अर्ब ३७ करोड रुपैयाँबाट बढेर १ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि ८८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर ९८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष पुस मसान्त सम्ममा ०.८८ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले घटेर ०.७६ प्रतिशत पुगेको छ ।

यो अवधिमा बैंकको रिजर्भको आकार १२.६३ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिमा रिजर्भमा ४ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले त्यो बढेर ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफा घटेकाले यो अवधिमा प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । वार्षिकीकृत प्रतिसेयर आम्दानी १८.४१ रुपैयाँबाट घटेर १५.०९ रुपैयाँमा झरेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको