Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटलको डिम्याट खाता र मेरोशेयर दर्ता सेवा सुचारु

अर्थ संसार

विहीबार, १५ माघ २०७७, १८ : ०८ मा प्रकाशित

एनआईबिएल एस क्यापिटलको डिम्याट खाता र मेरोशेयर दर्ता सेवा सुचारु

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले लेआफ्ना ग्राहकवर्गहरुको सुविधालाई ध्यानमा राखी बिहीबारबाट  विद्युतियप्रणाली (Online) मार्फत डिम्याट खाता साथै मेरोशेयर दर्ता सेवा सुचारु गरेको छ ।

लगानीकर्ता तथाअन्य सरोकारवालाहरुको सल्लाह एवं सुझावहरुलाई मध्यनजर गरी,एनआईबिएल एस क्यापिटले आफ्ना सेवाप्रवाहलाई झन्झहट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता (Demat Account)खोल्न तथा मेरोशेयर दर्ता (Meroshare Registration) विधुतिय प्रणाली (Online) मार्फत गर्न सकिने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । 

यस अघिकम्पनीेले विद्युतीय प्रणाली मार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना एनआईबिएल म्युचुअल फण्ड) का ईकाईहरु खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ । साथै,आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्देै यस कम्पनीेले आगामी दिनहरुमापनि विद्युतीय प्रणालीबाट आफ्ना सेवा-सुविधाहरु उपलब्ध गराउँदै जाने क्यापिटलको भनाई छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको