Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबीएल एस क्यापिटलले गर्यो लगानी सचेतनामूलक कार्यक्रम

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, १५ : ०८ मा प्रकाशित

एनआईबीएल एस क्यापिटलले गर्यो लगानी सचेतनामूलक कार्यक्रम

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलको आयोजनामा अन्तरक्रिया तथा लगानी सचेतनामूलक कार्यक्रम सचांलन भएको छ । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रम गर्ने सिलसिलामा प्र्रदेश नं २ वीरगञ्जमा एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उक्त  कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै  विभिन्न सल्लाह सुझाव समेत प्रदान गरे । 

उक्त  कार्यक्रममा एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको छ । 

यसअघि यस्तै अन्तरक्रिया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बीनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको