Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एसले ल्यायो धनतेरस अफर, विजेतालाई चाँदीको सिक्का

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १० : ५८ मा प्रकाशित

एनआईबिएल एसले  ल्यायो धनतेरस अफर, विजेतालाई चाँदीको सिक्का

धनतेरसका शुभ दिनको अवसर पारेर एनआईबिएल एस क्यापिटलले धनतेरस अफर घोषणा गरेको छ ।

  एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्ताहरुलाई नेपालकै पहिलो खुलामुखी योजाना एन आईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदिको सिक्का उपहारमा पाउने भएका हुन् ।  

सो योजना अन्र्तगत धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागिहरुबाट गोला प्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिनेछ र सो को विजेता घोषणाFacebook Live मार्फत गरिनेछ ।

अनलाईन प्रणालीबाट समेत इकाई खरिद गर्न मिल्ने यस फण्डले सो दिनको (कार्तिक १६, २०७८)लागीकारोबारको समय पनि ३ घण्टालेथपगरी बिहान १०ः०० बजे देखि अपरान्ह ०५ ः ०० बजे सम्मइकाईहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको छ । 

लगानीको लागि शुभदिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गर्न सकिने क्यापिटलले जनाएको छ । 
थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.comतथा मुख्य कार्यलय (फोन न : (०१४४२५२८०) मा सम्पर्क गर्न सकिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको