Like us!
Follow us!
Connect us!
Watch us!

कुलेश्वरको फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

अर्थ संसार

शुक्रबार, १६ माघ २०७७, १३ : ४३ मा प्रकाशित

कुलेश्वरको फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । शुक्रबार बिहाननेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गर्नुभएको हो । 

अब फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइलवालेटमार्फत सजिलै खरिद गरेको फलफूलको रकम भुक्तान गर्न सक्नेछन् । 
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका अध्यक्ष, प्रमुखकार्यकारी अधिकृत, सिनियर म्यानेजमेन्ट कर्मचारी, नेपाल फलफूल थोक व्यवसायी संघका कार्यकारी सदस्यहरु र कृषिबजार विकास कम्पनीकाअध्यक्षको उपस्थिति रहेको थियो । 

राष्ट्र बैंकका गभर्नर अधिकारीले विभिन्नफलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही फलफुल पसलमा फलफूल खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गर्नुभएको थियो । 
नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झट मुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।
डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्च देखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । 
अहिले बैंकको साथमा देशभर ७ सय ५० भन्दा बढी क्यूआर सेवादिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् । 

कार्यक्रममा गभर्नर अधिकारीले भन्नुभयो, ‘क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली हो जुन विशेष गरी कोभिडको महामारीको कारणले बढेको छ, पछिल्लो पटक यस्तो डिजिटल बैंकिङ आवश्यक पनि रहेको छ, ।’
उहाँले अघि भन्नुभयो, ‘नबिल बैंक जस्तो वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षमपार्न डिजिटल भुक्तानी सक्षमगर्न सक्रिय भूमिका खेलिहेका छन् ।’
यसैगरी, नबिल बैंकका प्रमुखकार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अझै पनि कारोबारको ठूलो हिस्सा नगदमा नै हुन्छ । आजको डिजिटल युगमा नविनतम टेक्नोलोजीको विकास गर्नु आवश्यक छ जसले डिजिटल भुक्तानीमा सहयोग गर्छ । नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ ।’

नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । नयाँ प्रविधि अपनाउने र नवीन प्रँेडक्टका साथै सेवाहरु सुरु गर्ने काममा नबिल सधैं नै अगाडि रहेको छ । 
नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पुराइरहेको छ । बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको