Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र आजदेखि खुल्ला

अर्थ संसार

शुक्रबार, १६ माघ २०७७, १४ : १९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र आजदेखि खुल्ला

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आज (माघ १६ गते, शुक्रबार) बाट ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  २४ लाख कित्ता बिक्री गर्नेछ । 

बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न असाेज ५ गते साेमबार निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाई मंसिर १८ गते, बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियाे ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि  छिटोमा माघ २० गतेसम्म र ढिलोमा माघ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड,नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रकाे बारेमा अन्य विवरण हेर्नुहोस् :-

6013c9a66eb91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको