Like us!
Follow us!
Connect us!
Watch us!

इन्भेष्टमेण्ट मेगा बैंकले आत्मदाह गर्न बाध्न्य बनायो! ऋणीले लेखे बैंकका अध्यक्ष र सिइओलाई यस्तो पत्र..

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १८ : ४४ मा प्रकाशित

इन्भेष्टमेण्ट मेगा बैंकले आत्मदाह गर्न बाध्न्य बनायो! ऋणीले लेखे बैंकका अध्यक्ष र सिइओलाई यस्तो पत्र..

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका एक ऋणीले आफूलाई बैंकले आत्मदाह गर्न बाध्न्य बनाएको भन्दै बैंकका अध्यक्ष पृथ्वीराज पाण्डे र सिइओ ज्याेतिप्रकाश पाण्डेलाई पत्र लेखेका छन् । आफूलाई बैंकको ऋणी भएको भनेका राजेश बाँस्काेटाले आफ्नो सामाजिक संजाल मार्फत पत्र सार्वजनिक गर्दै बैंकका कारण आफुले बैंककै कार्यालयमा आत्मदाह गर्ने चेतावनी दिएका छन्। 

उनका अनुसार २०७८ साल कार्तिक १७ गते भिर‌पाखा रिसोर्ट एण्ड फन पार्क प्रा.लि. लाई तात्कालिन मेगा बैंक नेपाल शाखा बिर्तामोड बाट उनले ५ करोड ५० लाख कर्जा स्वीकृत गराएका थिए। ऋण स्वीकृत गरेतापनि ५ महिना सम्म बैंकले उनको स्वीकृत कर्जा प्रभा गरेन। बैंकले मसान्तमा केहि रकम प्रवाह गर्दै , आफ्नो किस्ता रकम भने काट्ने गरेको आरोप बाँस्काेटाले बैंक प्रति लगाएका छन्। 

त्यति मात्र नभई उनको अर्को व्यवसाय कृषि फर्ममा राज्यले दिँदै आएको एक करोड अनुदानमा समेत यस बैंकका कारण अनुदान बन्चित गराएको कारण उनको दुई प्रोजेक्ट पूर्ण रूपले बन्द भएको आरोप लगाएका छन्। 

बारम्वार धाएर गुनासाे गरेपछि  केन्द्रीय कार्यालयबाट आएका प्रतिनिधिसँग छलफल भएकाे र उनले बि एण्ड सि. अस्पताल बाट ८ लाख रूपैयाँ बैंकलाई दिएकाे र १० दिनभित्र कर्जा रिसेडुलिङ गर्ने बैंक सँग सहमति भएकाे पत्रमा खुलाएका छन् ।

सहमति पछ्यात पैसा जम्मा गरेपछि बैंकले कर्जा प्रवाह नगरेर बैंकले धाेका दिएको पत्रमा उल्लेख छ । बैंककाे गलत नीति र  व्यवहारका कारण आफ्नो व्यवसाय पूर्ण रुपमा  बन्द भएकाे र परिवारमा पनि समस्या आएपछि आत्मदाह गर्नु बाध्य भएको भन्दै  बैंकले आफुलाई आत्मदाह गर्न बाध्य बनाएको आरोप लगाएका छन्। । उनले बैंकले उनको उत्पन्न  समस्याकाे समाधान बैंकले नगरे बैंकको  परिसरमा आत्मदह गर्ने र यसकाे जिम्मेवारी बैंकका अध्यक्ष,सिइओ र बिर्तामाेड शाखा प्रमुखले लिनु पर्ने पत्रमा लेखेका छन्। 

656f39182850f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको