Like us!
Follow us!
Connect us!
Watch us!

साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, ०८ : ०८ मा प्रकाशित

साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो ।

बैंकको वार्षिक साधारण सभाले पारित गरेको करसहित ७ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा बैंकले जम्मा भइरहेको जनाएको छ । 

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडको मर्जरबाट बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले पुस २७ गतेदेखि एकिकृत कारोबार सुरू गरेको हो । मर्जरपछि बनेकोे बैंकको सञ्चालक समितीको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे नियुक्त भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको